आवाश ग्रुपका महेश थैव एसियाको सर्भिस क्वालिटी एक्सिलेन्स अवार्डबाट सम्मानित

Break n Links
Break n Links

आवाश ग्रुपका प्रबन्ध निर्देशक महेश थैव ‘एशिया नं. वान ब्राण्ड एण्ड लिडरसीप एक्सलेन्स अवार्ड २०२४- २५’बाट सम्मानित भएका छ।

एसिया अवार्ड्सद्वारा प्रदान गरिएको प्रतिष्ठित एसियाको सर्भिस क्वालिटी एक्सिलेन्स अवार्ड, उत्कृष्ट सिएसआर अभ्यासको लागि पुरस्कार प्रदान गरिएको हो। यो प्रतिष्ठित सम्मानले आवाश ग्रुपको सामुदायिक विकास र दिगो विकासलाई प्रवर्द्धन गर्ने उत्कृष्ट कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) प्रयासप्रतिको समर्पणलाई सम्मानित गरेको छ।

२०२४को २३ डिसेम्बरमा मलेसियामा २०भन्दा बढी देशका अतिथिहरूको उपस्थितिमा उक्त पुरस्कार प्रदान गरिनेछ।

यस अवार्डले नेपालभरका समुदायहरूलाई लाभ दिने विभिन्न सिएसआर कार्यक्रमहरूमार्फत सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्न आवाश ग्रुपको प्रतिबद्धतालाई उजागरसमेत गरेको छ। थैवको नेतृत्वमा कम्पनीले सिएसआरमा नयाँ मापदण्डहरू स्थापित गर्दै सामाजिक र पर्यावरणीय कल्याणलाई प्रवर्द्धन गरेको छ।

‘हामी यो सम्मान पाउँदा अत्यन्त गर्व महसुस गर्छौं। यसले हामीलाई हाम्रो समुदायहरूलाई समर्थन गर्ने र दिगो विकासलाई प्रवर्द्धन गर्ने जिम्मेवार कर्पोरेट अभ्यासहरूको मिशनलाई अझ अघि बढाउन प्रेरणा मिलेको छ’, प्रबन्ध निर्देशक थैबले भने।

एसिया अवार्ड्सले एसिया भरका गुणस्तर, सेवा र कर्पोरेट उत्तरदायित्वमा अग्रणी भूमिका खेल्ने विभिन्न उद्योगहरूको उत्कृष्टतालाई सम्मान गर्दछ। यो उपलब्धिले आवाश ग्रुपलाई सिएसआर नेतृत्व र क्षेत्रको नैतिक व्यापार अभ्यासको नमूनाको रूपमा सुदृढ गरेको छ।

व्राण्ड अफ वर्ल्ड रिसर्च कंग्रेस (लन्डन)ले यो पुरस्कार आवाश समूहका उत्कृष्ट उत्पादनहरू, समुदायमा रोजगार सिर्जना गर्नको लागि यसको भूमिका र कर र अन्य माध्यमहरू मार्फत सरकारी राजस्वमा गरेको योगदानको मूल्याङ्कन पछि प्रदान गरिन्छ।

युवा उद्यपि महेश थैवलाई एसिया पुरस्कारबाट औद्योगिक उत्पादन, उद्यमिता र राष्ट्रको आर्थिक विकासमा गरेको महत्वपूर्ण योगदानको लागि मान्यता प्राप्त भएको एसिया अवार्ड्स जनाएकाे छ।

यो अन्तर्राष्ट्रिय सम्मान नेपालको औद्योगिक क्षेत्रको उन्नतिमा र सामाजिक जिम्मेवारीमा गरिएको उनको प्रतिबद्धतालाई मान्यता दिँदै व्राण्ड अफ वर्ल्ड रिसर्च कंग्रेस (लन्डन) ले औपचारिक रूपमा जानकारी गरेको थैवले बताए।

आवाश ग्रुपले एभरेष्ट फुड एण्ड बेभरेज इन्डष्ट्रिज, मयुर स्टिल इन्डष्ट्रिज, लिडर टेप्स एण्ड भल्भ इन्डष्ट्रिज, मिराज इन्डष्ट्रिज प्रालि, शुभ लक्ष्मी पोलिमर इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, नेशनल रबर इन्डष्ट्रिज, ज्याकोर इन्डष्ट्रिज, सन फिटिङ प्रा.लि., आकृति स्टिल इन्डष्ट्रिज, डुङ्गारी गार्मेन्ट उद्योग, आवाश साडी, आवाश मार्वललगायतका एक दर्जनभन्दा बढी उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन।

ग्रुपले पछिल्लो समय चिनियाँ ब्राण्डका फर्निचरहरूलाई प्रतिस्थापन गर्ने उद्देश्यले आवाश आल्मुनियम एण्ड स्टिल फर्निचरमार्फत अफिस र विद्यालयहरूका लागि अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक फर्निचर उत्पादन गर्दै आएको छ।

यो थैव परिवारद्वारा सञ्चलित औद्योगिक घराना आवाश समुहले ३ हजारभन्दा बढीलाई स्वदेशमै रोजगार प्रदान गरेको छ।

प्रकाशित मिति: : 2024-11-02 13:51:00

प्रतिकृया दिनुहोस्