अमेरिकी राष्ट्रपति चुनाव: कमला ह्यारिसको जित पक्का!

Photo - politico
Photo - politico

आउँदो नोभेम्बर ५ तारिखको दिन सयुंक्त राज्य अमेरिकामा हुने ६०औँ राष्ट्रपतीय निर्वाचनको अमेरिकी नागरिकको साथै सम्पूर्ण विश्वले उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।

यो वर्षको निर्वाचनमा दुई मुख्य पार्टीमध्ये डेमोक्र्याटिकबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको साथै स्वतन्त्र उम्मेदवार हरुकोर्नेट वेस्ट, जिल स्टेन, चेस ओलिभर र क्लाउडिया डेला क्रुज गरेर ६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा ह्यारिस र ट्रम्पबीच हुने र यी दईमध्ये एक विजयी हुने पक्का छ।

यो पटकको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार ह्यारिस विजयी हुने र रिपब्लिकन उम्मेदवार ट्रम्पले पुन: हार बेहोर्नुपर्ने इतिहासकार र भविष्यवक्ता एलन लिक्टमनले दाबी गरेका छन्।

सन् १९८४ को पूर्वराष्ट्रपति रोनाल्ड रेगनको दोश्रो कार्यकालदेखि भविष्यवाणी गर्न सुरू गरेका लिक्टमनको भविष्यवाणी आजसम्म सबै सत्य सावित भएको छ।

उनको भविष्यवाणी, उनको सिदान्त 'The 13 Keys to the White House' मा आधारित छ। आर्थिक, राजनैतिक, सामाजिक, तेस्राे शक्तिजस्ता मुख्य मुख्य बुँदामा आधारित उनको भविष्यवाणी यो पटक सत्य सावित हुन्छ भनेर ठोकुवा गर्न नसके पनि असत्य नै हो भनेर निर्वाचनको परिणाम नआउँदासम्म भन्न सकिने अवस्था छैन।

लिक्टमनका अनुसार उनका १३ बुँदाहरुमध्ये ह्यारिसको पक्षमा आठ बुँदा र ट्र्म्पको पक्षमा पाँच बुँदा रहेका छन्। हालै एक भिडियो सन्देश जारी गर्दै लिक्टमनले निर्वाचनमा ह्यारिसको जित निश्चित भएको बताएका हुन्।

अमेरिकी मिडियाले पनि ह्यारिसलाई बढी स्थान दिएको कारण ट्रम्प निकै पछाडि परेको लिक्टमनको दाबी छ। ह्यारिसले कर कटौती र स्वास्थ्य बीमाको सहारा लिएर मतदातालाई आकर्षित गर्ने प्रयास गरे पनि ट्र्म्प भने ह्यारिसको मानमर्दन गर्नमा मात्र व्यस्त रहेको कारण स्वतन्त मतदाताहरुको सहानभुति ह्यारिसतर्फ बढेको लिक्टमनले आफ्नो भिडियोमा बताएका छन्।

यसको साथै निर्वाचनसम्बन्धी विभिन्न सर्भेहरुमा पनि ह्यारिसले ५२ प्रतिशत र ट्रम्पले ४८ प्रतिशत प्राप्त गरेका छन्। रोयटर्सले हालै गरेको एक सर्भेमा पनि ह्यारिस ट्रम्पभन्दा अगाडि रहेकी छन्। यस पटकको निर्वाचनमा ह्यारिस विजयी भइन् भने उनी अमेरिकाकी प्रथम महिला राष्ट्रपति हुने छिन् भने ट्रम्प विजयी भए भने उनी दोश्रो कार्यकालको लागि राष्ट्रपति हुनेछन्।

योमाथि उल्लेखित विचार पंक्तिकारको निजी विचार नभएको कारण पाठक वर्गले धेरै उत्तेजित हुनुपर्ने कुनै कारण छैन। पंक्तिकारको मतदान गर्ने अधिकार पनि नभएको कारण निजी विचार राखेर यसले जित्छ र उसले हार्छ भने भन्ने कारण पनि छैन।

यद्यपि लिक्टमन 'रजिस्टर्ड डेमोक्र्याटिक' भएको कारण उनको सहानभुति ह्यारिसतर्फ गएको हुनसक्छ तर पहिलेको चुनावमा उनले धेरै पटक डेमोक्र्याटिक उम्मेदवारको पराजयको ठोकुवा गरेको कारण उनी आफ्नो पार्टीको अन्धभक्त होइनन् भन्ने प्रमाणित हुन्छ।

अन्त्यमा निर्वाचनमा को विजयी हुन्छ भन्ने थाहा पाउन भने निर्वाचनको परिणामसम्म पर्खिनु नै पर्छ। लिक्टमनको हालसम्म सत्य सावित भएको भविष्यवाणीलाई आधार मान्ने हो भने अमेरिकाको आउँदो राष्ट्रपति ह्यारिस हुने पक्का छ, यसलाई स्विकार्न वा नस्विकार्न सबै स्वतन्त्र छन्।

प्रकाशित मिति: : 2024-10-25 11:40:00

प्रतिकृया दिनुहोस्