बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताएका छन्।
शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।
‘सय दिन बल्ल पुगेको छ, ओलीजीको प्रधानमन्त्री कार्यकालको। यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यारोचना सबै हुन्छ। हाम्रो समग्र सरकार छ। हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साँच्चै राम्रो काम गर्नुभएको छ। मलाई विश्वास छ। अझै यस्तै राम्रो काम गर्नुहुने छ,’ देउवाले भने, ‘प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो। अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छ्न। त्यो आलोचनाहरु पनि तथ्यपरक भएर सरकारले ध्यान दिने छ। म पनि ओलीजी लाई प्रोत्साहन गर्ने छु।’
साथै उनले यो देश ठुला दुई देशको बिचमा रहेकाले प्रधानमन्त्री ओलीले सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताए।
उनले आलोचनालाई पनि गम्भिरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताए।
भिडियाे-
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया