कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय

File Photo
File Photo

नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

बुधबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हाे।

मुख्यमन्त्री कार्कीले आज बस्ने प्रदेशसभाकाे बैठकबाट विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ।

नेपाली काँग्रेसकाे शेखर काेइराला पक्षका उनी संविधानकाे धारा १६८ काे उपधार ५ बमाेजिम काँग्रेसका ८ र एमालेका ३९ जना सांसदकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई एमाले, काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीले विश्वासकाे मत दिने निर्णय गरेका छन्। राप्रपाले भने विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2023-10-18 13:10:00

प्रतिकृया दिनुहोस्