एमालेकाे समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई माओवादीले पनि विश्वासकाे मत दिने

नेकपा (एमाले)काे समर्थनमा काेशी प्रदेशकाे मुख्यमन्त्री बनेका केदार कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासकाे मत दिने भएकाे छ।

साेमबार बसेकाे माओवादी केन्द्र काेशी प्रदेश सचिवालय बैठकले कार्कीलाई विश्वासकाे मत दिने निर्णय गरेकाे संसदीय दलका नेता इन्द्र आङ्बाेले बताए।

नेपाली काँग्रेसका सांसद कार्कीले सत्ता गठबन्धनकाे निर्णयविपरीत विपक्षी दल एमालेसँग मिलेर मुख्यमन्त्री बनेका थिए। त्यसपछि असन्तुष्ट बनेकाे माओवादीले कार्कीलाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे।

प्रकाशित मिति: : 2023-10-16 16:16:00

प्रतिकृया दिनुहोस्