गठबन्धन पूरा पाँच वर्ष जान्छ: नेता नेम्वाङ

नेकपा माओवादी(केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले गठबन्धन पूरा पाँच वर्ष जाने जिकिर गरेका छन्।

समाजवादी मोर्चाले इलाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले सरकारले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति लिएको र जनताको पक्षमा दृढतापूर्वक काम गरिरहेको हुँदा प्रतिकृयावादी हायलकायल भएको बताए।

प्रतिकृयावादीले सरकारविरुद्ध षड्यन्त्रको प्रयास सुरु गरेको भएपनि गठबन्धन तोड्न सम्भव नरहेको भन्दै उनले भने, 'प्रचण्ड नेतृत्वको सरकार बनेपछि भ्रष्टाचार नियन्त्रण, सामाजिक न्यायको पक्षमा लोकप्रिय काम भएको छ।'

नेम्वाङले अघि भने, 'सुशासनका बैरीहरु सरकारविरुद्ध षड्यन्त्र गर्ने प्रयासमा रहेको तर षड्यन्त्र चिरेर समाजवादी गठबन्धन पूरा पाँच वर्षअघि बढ्नेछ।'

कार्यक्रममा समाजवादी मोर्चा सम्बद्ध नेताहरुले गठबन्धन निर्माणको पृष्ठभूमि, यसको उदेश्य र आवश्यकताबारे विविध विषय राखेका थिए।

प्रकाशित मिति: : 2023-10-12 18:34:00

प्रतिकृया दिनुहोस्