‘रवि लामिछानेकाे पार्टी’का नेता आम जनता पार्टीमा प्रवेश

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटाले आम जनता पार्टीमा प्रवेश गरेका छन्। 

पूर्वसभापति सापकोटा अन्ततः प्रभु साह नेतृत्वको आम जनता पार्टीमा मिसिएका हुन्। पार्टीका अध्यक्ष साहले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेको आम जनता पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिएका छन्। 

भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन्।  

विद्यमान पुराना पार्टीहरूले देश बर्बाद गर्न लागेको जनाउँदै रास्वपा छोडेका सापकोटाले अब आम जनता पार्टीप्रति पूरै भरोशा रहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: : 2023-10-11 12:52:00

प्रतिकृया दिनुहोस्