जो क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बने 

प्रधानमन्त्री देउवाका ‘डाइहर्ट फ्यान’ भीम थापा !

यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्तालाई महाधिवेशनको चटारो छ। महाधिवेशनले छपक्कै छोपिसकेको छ। यहि मेसोमा यूवा कार्यकर्ता भीम थापाको दौडधुपपनि कम छैन। उम्मेद्वारी दिने आफ्नो ठाउँमा छदैछ। ‘तर, जो जो उम्मेदवार हुनुहुन्छ, उहाँहरु कांग्रेस नै हो। तर, कांग्रेस कस्तो बनाउने ? कांग्रेसको कार्यदिशा के हुने ?  कांग्रेसको अबको मार्गनिर्देशन के हो?’ यसमा छलफल हुनुपर्नेमा उनको जोड छ।

०४६ सालमा बाल्यवस्थादेखि  उनले राजनीतिमा सुझबुझ राखेका हुन्। अझै क्रियाशील बनाइराखेका छन्। पार्टीका ‘होलटाइमर’ भन्दापनि हुन्छ। यही क्रियाशीलताले नै उनी नेपाली कांग्रेसका उम्दा कार्यकर्तामा दरिएका हुन्। उनी राजनीतिकर्मी कम र प्रजातान्त्रिक आन्दोलनका सिपाही बढी देखिन्छन् र उनी आफूलाई चिनाउँदा पनि त्यही रुपमा चिनिन चाहन्छन्। उर्लाबारी–२ भुसी घर भएका उनै भीम थापा आसन्न उर्लाबारीको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारी दिने तयारीमा छन्। 

उनको राजनीति प्रवेश संयोगवश वा स्वार्थका कारण नभएर प्रजातन्त्रप्रतिको समर्पणका कारण भएको थियो। प्रजातन्त्रमाथि उनको अगाध आस्था छ। निरंकुश पंचायती व्यवस्थालाई बाल्यकालमै नियालेका थिए उनले। जसका कारण प्रजातन्त्रवादीहरुले खेप्दै आएको पीडाले उनलाई राजनीतिप्रति समर्पणभाव जागेको थियो। जननायक वीपी कोइरालाबाट निकै प्रभावित उनी प्रजातन्त्रको सुन्दर पक्षबारे उनको अभिव्यक्ति बडो चाख राखेर पढ्थे तर उनलाई प्रत्यक्ष रुपमा सुन्ने लालसा उनको पूरा हुन पाएन। त्यसो त उनी हालका कांग्रेस सभापति शेरबहादुर देउवाका ‘डाइहर्ट फ्यान’ पनि हुन्। काठमाडौमा रहँदा उनी प्रायःजसो देउवा निवास बुढानिलकण्ठमै भेटिने गर्छन्। 

उनले भने, ‘शेरबहादुर दाइको वचनमा छलकपट छैन। प्रजातन्त्रप्रति उहाँ निष्ठावान् हुनुहुन्छ। उहाँको जादुमयी छविले मलाई तानिरह्न्छ।’

काठमाडौंमा रहँदा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवासंग नियमित रुपमा भेटिरहन्छन्। देउवा निवासमा भीम थापाको पहुँच सहज रहेको बारे अन्य कांग्रेसजनहरु जानकार छन्। भन्छन्– ‘उहाँ देउवालाई भेट्दा जहिल्यै प्रेरणा र पारिवारिक माहोल पाएको छु।’ यद्यपि मुलुककै शक्तिशाली अनि पार्टीको सभापति समेत रहेका व्यक्तिसंगको भेटमा आफुले व्यक्तिगत लाभको कहिल्यै कुरा नगरेको उनी सुनाउछन्। देउवासँगको आकर्षणको कारण भन्नु नै उनले गर्ने सहृदयी व्यवहार हो थापा भन्छन्। 

२०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अपदस्त गरेपछि आफु निरन्तर आन्दोलनको मोर्चामा खटिएको उनले सुनाए। तत्कालीन राज्य सत्ताले दमन गरेपछि अवज्ञा आन्दोलनको सुरुवात गर्दा आफूले पक्राउ खाएर लामो समय प्रहरी कस्टडीमा बिताएको पल भीमको मनमस्तिकमा ताजै छ। आन्दोलनका क्रममा कयौंपटक आफुमाथि प्रहरीबाट कुटपिट र दुव्यवहार भएको उनले सुनाए।  

२०६१ को शाहि ‘कु’ पछि  सक्रिय राजनीति गरेका थापा प्रजातन्त्रलाई आफ्नो राजनीतिको ‘मिसन’ मान्छन्। 

यही प्रजातन्त्रप्रतिको आस्थाले राजनीतिबाट आफू अलग हुन नसकेको उनी बताउँछन्। प्रारम्भमा नेविसंघमा आबद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी लोकतन्त्रका लागिपनि संघर्ष गरेको भन्दै अब पार्टीभित्रै संस्कार बसाउने संघर्ष गर्ने बताउँछन्।

पार्टीका क्रियाशिल सदस्य उनी भन्छन्, ‘जीवनको उतराद्र्ध सम्मपनि कांग्रेस र प्रजातन्त्रकै पक्षमा अडिग रहने उनले प्रतिबद्धता जनाए। ‘राजनीतिमा सक्रिय छु, सक्रिय रहिरहन्छु,’ उनको अठोट छ, ‘तर पछिल्लो समय पार्टीमा विभिन्न गुट उपगुट हावी भएको छ। कांग्रेस मात्र होइन, सबै किसिमको पार्टीमा गुटको रोग देख्छु। गुट–उपगुटले पार्टी र प्रजातान्त्रिक पद्धति सबैमा नकारात्मक असर परेको छ। पार्टी कमजोर हुँदै गएको छ। प्रजातान्त्रिक शक्ति कमजोर हुनु भनेको प्रजातन्त्रमाथि खतरा बढ्नु हो।’ उनी भन्दै गए –‘नीतिका हिसाबले पनि यसपल्ट कांग्रेसबाट परिवर्तनको अपेक्षा छँदैछ।’

उनले भने–‘पार्टीमा मैले धेरै नै काम गरेको छु त्यसकारण पदीय नेतृत्व पनि स्वीकार गर्नुपर्छ भन्ने मेरो धारणा हो।’ थापाले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवापुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई गाउँ नगर र क्षेत्रको नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए। उनले पहिलो चरणमा क्षेत्रीय प्रतिनिधिमा आफुलाई अमुल्य मत दिन आफ्नो वडाका क्रियाशिल सदस्यहरुलाई अपिलपनि गरेका छन्।

प्रकाशित मिति: : 2021-08-29 15:29:00

प्रतिकृया दिनुहोस्