जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान

File Photo
File Photo

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन्।

अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-09-29 12:03:00

प्रतिकृया दिनुहोस्