मधेस प्रदेशको रौतहटको चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको रुपमा विकसित हुँदै गइरहेको छ।
चन्द्रपुरको चौतर्फी विकासका लागि विभिन्न आयोजनाहरु सम्पन्न भइसकेका छन् भने कतिपय महत्वपूर्ण आयोजनाहरु सम्पन्न हुने क्रममा रहेको छ।
स्मार्ट चन्द्रपुर निर्माण गर्ने अभियानमा जुटेका छन्, त्यहीका एक युवा। चन्द्रपुर नगरपालिका वडा नं. ९ निवासी युवा नेता बालकृष्ण सापकोटा अहिले विभिन्न विकासे काम सम्पन्न गराउने कारणले चर्चामा आएका छन्।
संघीय सरकारको विभिन्न मन्त्रालयमा पहुँच भएका सापकोटा संघीय बजेटमार्फत चन्द्रपुरलाई स्मार्ट सिटी निर्माण गर्ने अभियानमा जुटेका छन्।
चन्द्रपुर निवासी सरोजकुमार बछारले स्मार्ट चन्द्रपुर निर्माणका लागि बालकृष्ण सापकोटा अहोरात्र खट्ने गरेको बताए। काठमाडौँबाट विभिन्न मन्त्रालयबाट प्रभावकारी दखल राख्ने उनी बजेट ल्याएर यहाँको विकास निर्माण गर्न उनी सधैँ जनताका बीचमा रहने गरेको बछारले बताए।
‘चन्द्रपुरलाई कसरी स्मार्ट सिटीको रुपमा विकास गर्न सकिन्छ भन्ने सधैँ सोचिरहने बालकृष्ण सापकोटा सधैँ जनताका बीचमा पुगेर उनीहरुको समस्या सुन्ने र आवश्यकताअनुसार विकास निर्माणका कार्यलाई सम्पन्न गर्न विभिन्न मन्त्रालयमा पुगेर बजेट ल्याउने गर्नुले अहिले चन्द्रपुरमा चौतर्फी विकास भईरहेको छ’, बछारले भने।
२०७४ सालमा शहरी विकासमन्त्री रहेका प्रभु साहका स्वकीय सचिवको भूमिकामा रहेका सापकोटाले त्यहीबेला घोषणा भएको देशभरिका १२ वटा स्मार्ट सिटी मध्ये चन्द्रपुरलाई पनि समाबेश गराइएको थियो।
चन्द्रपुर नगरपालिका-९ को सिन्दुरेघारीदेखि बस्तिपुर जाने बाटो सडक स्तरोन्नति २५ सय मिटर र १ सय ५० मिटर सडक ढलान सम्पन्न गराउने काम सापकोटाकै पहलमा भएको स्थानीय धर्मबहादुर भुजेलले बताए। शहरी विकास मन्त्रालयको सहयोगमा यहाँ यस्ता धेरै काम भएको भुजेलले बताए।
‘चन्द्रपुर नगरपालिका ९ को सूर्य कार्कीको घरदेखि राइको घर हुँदै तिन नं. विष्णु राइको घरसम्म सडक ७ सय ५० मिटर सडक ढलान सम्पन्न भएको छ। चन्द्रपुर नपा ९ प्रगतिटोल गाउँमा दुवै तिर ६ सय ५० मिटर नाला निर्माण सम्पन्न भएको, चन्द्रपुर नपा ८ मरधर गाउँँमा सडक ९ सय ५० मिटर ढलान निर्माण सम्पन्न भएको, चन्द्रपुर नपा ८ बनरझुल्ला गाउँको सडक ३ सय ५० मिटर ढलान निर्माण सम्पन्न भएको छ’, स्थायी कृष्ण लिम्बुले भने।
यसैगरी बागमती सिँचाइ आयोजनाबाट मोतिपुर डाडावारीमा ३ सय मिटर लाइनिङ निर्माण सम्पन्न भएको, भुमिगत जलस्रोत विकास समिति वीरगञ्जबाट स्यालो ट्युवेल जडान कार्य वडा नं. ५ राजपैडा, वडा नं. ८ मरधर गाउँँमा र सिन्दुरेघारी र प्रगतिटोलमा जडान कार्य सम्पन्न भएको छ। नदी नियन्त्रण चाँदी खोलामा टतवन्ध कार्य सम्पन्न भएको स्थायी राजन पटेलले बताए।
यसैगरी गैरी खोला नदी नियन्त्रण चाँदी खोलामा टतवन्ध चन्द्रपुर नपा ८ सम्पन्न भएको छ भने जोगी खोला नदी नियन्त्रण टतवन्ध चन्द्रपुर नपा १ को कार्य सम्पन्न भएको, पौराइ गाउँँमा २ वटा स्यालो ट्युवेल जडान कार्य सम्पन्न छ।