जनताले चाहेजस्तो नेपाली समाजको परिवर्तन गर्न सकिएन: शंखर पोखरेल

नेकपा एमालेका महासचिव शंखर पोखरेलले जनताले चाहेजस्तो नेपाली समाजको उचित परिवर्तन गर्न नसकेकाे बताएका छन्। 

बागमती प्रदेशकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।

‘राष्ट्रिय राजनीतिमा नेपालका राजनीतिक दलहरू बलिदान र संघर्षमा हामी सधैँ अगाडि रह्याैँ। जनताको आकांक्षा स्थापित गर्ने प्रयास गरौँ। तर जनताले चाहेजस्तो नेपाली समाजको उचित परिवर्तन पूरा गर्न सकेका छैनौँ। धेरै राजनैतिक भएकाले जन आधार नभएका च्रकबाट गुज्रिरहेका छौँ’, उनले भने।

धुर्वीकरणका माध्यमबाट पार्टी राम्रो बनाउन लागिरहेकाे भन्दै उनले भने, ‘मुलुक विकासका लागि जनताको समर्थक प्राप्त गर्न सकेको छैन। जनताको विकासको कुरा कठिन हुँदोरहेछ।’

हामी बलियो राष्टिय शक्ति बनाउन लागेका बेला अवसरवादी तत्वहरूले पार्टी विभाजित र फुटाउने काम गरेकाे उनले आरोप लगाए। महासचिव पोखरेलले एमालेले सरकरको नेतृत्व गरिदिए हुन्थ्याे भन्ने जनताको अपेक्षा रहेकाे दाबीसमेत गरे।

प्रकाशित मिति: : 2023-09-25 14:30:00

प्रतिकृया दिनुहोस्