प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणबारे संसदमा जानकारी गराए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराएका छन्। प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार)को प्रतिनिधिसभा बैठकमार्फत् आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भोलि (शनिबार) अमेरिका प्रस्थान गर्दैछन्।

महासभामा अल्पविकसित देशहरुको नेतृत्व गर्दै सहभागी हुने प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

महासभालाई सम्बोधन गर्दै अल्पविकसित देशहरुको अवस्था र जलवायु परिवर्तनले पारेका असरबारे बोल्ने प्रधानमन्त्री प्रचण्डले बताए।

उक्त महासभालाई सम्बोधन गरेर प्रचण्ड उतैबाट चीन प्रस्थान गर्ने प्रचण्डले बताए।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटवार्ता गर्ने कार्यतालिका रहेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ।

प्रकाशित मिति: : 2023-09-15 13:35:00

प्रतिकृया दिनुहोस्