विशाल केसी
मेरो एउटा प्यारो कविता
अब लहलह हुर्किनु पर्छ
बढदै तिमी तरुणी हुनु
विच्छट्ट राम्री नभए पनि
तिमी एक कविता भैदिनु पर्छ।
हो यो सत्य हो
अब तिमीलाई तरुणी भएर हुर्केको देख्ने रहर छ
तिम्रो यौवनको गतिलो धारले
कस-कसको मन छुन सक्छ
मलाई तेस समयको पर्खाइ छ
तर...
अलिकति भयभीत पनि छु
तिमीदेखि
कतै तिमी पनि यौवनको गतिशील लहरमा बगेर
डायस्पोरा पो हुने हो कि ?
मलाई थाहा छ
यो सृष्टि र समयको आह्वान हो
तिम्रो रूप र तिम्रो यौवन
दुबै कालान्तरमा फेरिनु पर्ने एउटा अध्याय हो भनेर
कदाचित तिम्रो चरित्रको फेरबदल भएमा
त्यो तिम्रो आफ्नो संस्कार हुने छ
त्यही भएर मेरी प्यारी कविता
तिमीले सधैं मेरो मान राखिदिनू
किनभने!
म वर्तमानमा तिम्रो हात समातेर
भविष्यमा बाच्ने आधार खोजी रहेको छु
भोलि म नहुँदा पनि
म तिमीभित्र जिउँने ठाउँ खोजी रहेको छु।
त्यसैले त
मेरी प्यारी कविता
तिमी अब छिट्टै हुर्किन पर्छ
अनि
सभ्य, सोमिया र आकर्षित हुदै
तरुणी कविता बन्नुपर्छ।
केसी सैनिक कवि हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया