सुवासचन्द्र नेम्वाङको निधनले मर्माहत भएँ: राष्ट्रपति

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले दुःखको घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।



सुवासचन्द्र नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।

काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजादैगर्दा उनकाे निधन भएको स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिएका छन्।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे थियो। चिकित्सकहरूले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएकाे छ।

संविधान लेखनमा अतुलनीय योगदान पुर्‍याएका संविधानसभाका अध्यक्ष नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।

दुईपटक संविधानसभाको अध्यक्ष र पाँचपटक सभामुख भएका नेम्वाङ हाल एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत हुन्।

प्रकाशित मिति: : 2023-09-12 06:24:00

प्रतिकृया दिनुहोस्