सहमहामन्त्री यादवमाथि भएको खुकुरी प्रहारप्रति काँग्रेसद्वारा निन्दा

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ।

घटनाको काँग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उनले बताए।

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न काँग्रेसले सरकारसँग जोडदार माग गरेको छ।

काँग्रेसले सहमहामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

प्रकाशित मिति: : 2023-09-06 17:16:00

प्रतिकृया दिनुहोस्