न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
अमेरिकी नागरिकता त्यागेर नेपाली राजनीतिमा हाम्फालेका रवि लामिछानेलाई चुनावको मुखमै संकट आइपरेको छ।
अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उनको उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि उनलाई यो संकट आइलागेको हो।
लामिछानेविरूद्ध राजकुमार पाण्डेले उजुरी दिएको आयोगका उपन्यायधिवक्ता गुरूप्रसाद वाग्लेले पुष्टि गरेका छन्। उनले कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमार्फत् लामिछानेलाई स्पष्टिकरणपत्र पठाइसकिएको पनि जानकारी दिएका छन्।
निर्वाचन अधिकृतले लामिछानेबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि उपन्यायधिवक्ता वाग्लेले बताए।
रवि लामिछाने नेपाली नागरिकता कायमै राखेर लामो समयसम्म अमेरिकी नागरिक भएका थिए। अमेरिकी नागरकि भएरै नेपालमा मिडिया सेलिब्रेटी भएका उनीमाथि उजुरी परेपछि बाध्य भएर अमेरिकी नागरिकता त्यागेका थिए।
अमेरिका नागरिकता त्यागेर नेपालमा सञ्चारकर्मी भएका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर पार्टीको सभापति नै भएका छन्। चरित्रमाथि प्रश्न उठेका उनको नागरिकतालगायतका अनेकौ विषयमा प्रश्नहरू छन्। तर, उनी यी प्रश्नहरूलाई छल्दै सञ्चार सेलिब्रेटीका रूपमा स्थापित भएका छन् र चितवनमा २ मा ठूला पार्टीका उम्मेद्वारकै होश उड्न गरी खत्राको घण्टी बजाउँदै हिडेका छन्।
तर, यो उजुरीले भने अन्नत: उनीविरूद्ध नै खतराको घण्टी बज्ने सम्भावना बढेको छ। किनकि, नेपालमा दोहोरो नागरिकताको व्यवस्था छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया