मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउदै यसविरुद्ध सचेतना जगाउन आह्वान गरेका छन्।

मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्तिविरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसारविरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दाे कानुनी र संरचनात्मक आधार तय गर्न उनले आग्रह सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: : 2023-09-06 16:57:00

प्रतिकृया दिनुहोस्