एमाले नेताहरू जनकपुरमा

नेकपा (एमाले)का शीर्ष नेताहरू जनकपुर अवतरण भइसकेका छन्।

सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्काे जहाजबाट जनकपुर पुगेका हुन्।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदैछन्।

एमालेले तत्कालीन नेकपा (माले) को २०४७ सालमा चौँथो महाधिवशेन भएको उक्त स्थलमा यही भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण आजका लागि सारेको थियो।

प्रकाशित मिति: : 2023-08-30 12:42:00

प्रतिकृया दिनुहोस्