विश्वकप छनाेट

नेपाल भर्सेस नेदरल्याण्ड: जित्नै पर्ने दबाबमा नेपाल

BreaknLinks
BreaknLinks

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) एकदिवसीय विश्वकप छनाेट प्रतियोगिताअन्तर्गत नेपालले उद्घाटन खेलमा घरेलु टोली जिम्बाब्वेको सामान गर्‍यो। पहिलाे खेलमा नै टेष्ट राष्ट्र जिम्बाब्वेकाे सामना गरेकाे नेपाल ८ विकटले पराजित भयाे। जिम्बाब्वेको राजधानीस्थित हरारे स्पाेर्टस् क्लबमा टस जितेर पहिले बलिङ गरेकाे जिम्बाब्वेले नेपाललाई सहजै पराजित गर्‍याे। नेपालले दिएको २ सय ९१ रनको लक्ष्यलाई जिम्बाब्वेले ४४.१ ओभरमा २ विकेटको क्षति पूरा गरेको थियो।

यता नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो। जिम्बाब्वेविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको थियो, जहाँ नेपालका ओपनर  कुशल भुर्तेल ९९ रन बनाएर आउट भएका थिए। उनी जिम्बाब्वेविरुद्धको खेलमा नायक बने। उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै नेपालका दुई ओपनर  कुशल भुर्तेल र आशिफ शेखलले १ सय ७१ रनकाे कीर्तिमानी साझेदारी गर्दै जिम्बाब्वेलाई दबाबमा राखेका थिए।

जिम्बाब्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुबै ओपनर गुमाएपछि कप्तान रोहितकुमार पौडेल र कुशल्ल मल्लले इनिङ उकासे। उनीहरुबीच ६७ रनको साझादारी भयो। सधैँ ब्याटिङमा खराब प्रदर्शनी गर्दै आएकाे नेपाली टोलीले जिक्बाब्वेविरुद्ध उत्कृष्ट सुरुवात गर्‍याे।

सो खेलमा नेपालका लागि अरिफ शेखले १० रन बनाएर आउट हुन पुगे। नेपालका लागि बलिङतर्फ सोमपाल कामी र गुलशन झाले समान एक-एक विकेट लिएका थिए। जिम्बाब्वे विश्व क्रिकेट जगतमा एकदमै बलियो टोली हो, सोही टोलीलाई नै दबाबमा राखेर नेपालले एकदिवसीय खेलमा तेस्रो ठुलो स्कोर हात पार्न सफलसमेत भयो।

नेपालले आफ्नाे दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै सहज जित हात पार्‍याे। जिम्बाब्वेको हरारेस्थित टाकासिंगा क्रिकेट क्लबमा भएको खेलमा नेपालले टस जितेर पहिलाे बलिङ राेजेकाे थियाे।

नेपालविरुद्ध ब्याटिङ गरेकाे अमेरिका ४९ ओभरमा २ सय ७ रन बताएर अलआउट भयाे। अमेरिकाविरुद्ध नायक बनेका करण केसीले ४ विकेट लिए। करणले दोस्रो ओभरको पाँचौ र अन्तिम बलमा अमेरिकाको विकेट पतन गरेका थिए। त्यस्तै नेपालका लागि दीपेन्दसिंह ऐरीले दुई, गुलशन झाले तीन र ललितले समान १–१ विकेट लिएका थिए। पहिला ब्याटिङ गरेकाे अमेरिकाले १०औँ ओभरमै ४ विकेट गुमाएकाे थियाे।

यता अमेरिकाले दिएको २ सय ८ रनकाे लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे। ब्याटिङतर्फ नेपालका भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरे। उनले १ सय १० बलमा ७२ रन प्रहार गरे। भीमको याे एकदिवसीय क्रिकेटमा तेस्रो अर्धशतक हो।

नेपालका ओपनर कुशल भुर्तेल ३९ र आशिफ शेख १२ रन बनाएर अलआउट हुन पुगे। कप्तान पाैडेलले १६ तथा कुशल मल्लले १३ रन बताए।

जारी प्रतियाेगिताकाे समूह ‘ए’मा नेपालसहित आयाेजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड र अमेरिका छन्। ती मध्ये नेपालले वेस्ट इन्डिजसँग पहिलाे पटक प्रतिस्पर्धा गरेकाे छ। वेस्ट इन्डिज दुई पटककाे एकदिसवीय विश्वकप विजेता तथा एक पटककाे टि– २० च्याम्पियन टाेली हाे।

बिहीबार हरारे स्पाेर्टस् क्लबमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो हार व्यहाेर्‍याे। वेस्ट इन्डिजले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल खेल सकिनु दुई बलअघि नै २ सय ३८ रन बनाएर अलआउट भयाे। नेपालले ओडिआइमा हालसम्मको सबैभन्दा उच्च लक्ष्य पाएको हो। पहिला बलिङ गरेकाे नेपालले वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट सुरुवात गरेका थियाे। फिल्डिङमा चुक्दा नेपालले ठुलाे लक्ष्यकाे सामना गर्नु पर्‍याे।

नेपालका करण केसीले वेस्ट इन्डिजका ओपनर केयल मेयर्ललाई दोस्रो ओभरको तेस्रो बलमा नै आउट गर्न सफल भए। त्यस्तै गुलशन झाले जोनस चार्ल्सलाई ४.१ ओभरमै विकेट किपर आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए। चार ओभरमै तीन विकेट गुमाएको वेस्ट इन्डिज नेपालका बलरबाट दबाबमा परेका थिए। त्यस्तै वेस्ट इन्डिजकाे तेस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए। उनले ४२ बलमा ३२ रन बनाएर खेलिरहेका ब्रान्डन किंगलाई आउट गरे। वेस्ट इन्डिजले ५५ रन बनाउँदा तीन विकेट गुमाएकाे थियाे।

५५ रनमा तीन विकेट गुमाइसकेको वेस्ट इन्डिजले कप्तान सोई होप र निकोलस पुरनले सानदार ब्याटिङ गर्दै २ सय १६ रनकाे कीर्तिमानी साझेदारी गरे। उनीहरु दुबै जनाले शतकीय इनिङ खेले। यी दुई खेलाडीको साझेदारीका कारण वेस्ट इन्डिजले ४० ओभरमै ३ सय १० रन जोडेको थियो। २ सय १६ रनकाे साझेदारी गरेको वेस्ट इन्डिजले नेपाललाई अन्तत: ३ सय ४० रनको विशाल लक्ष्य दियो।

यता नेपालले वेस्ट इन्डिजविरुद्ध सन्तोजनक र ऐतिहासिक खेल खेल्यो। जहाँ नेपाल पराजित भए पनि २ सय ३८ रन बनाएर स्मरण याेग्य खेल खेल्याे। वेस्ट इन्डिजलाई सुरुवातमा दबाबमा राख्नु नेपालको लागि सानो कुरा भने पक्कै होइन, वेस्ट इन्डिजमा विश्वका निकै बलियो खेलाडीहरु छन्।

जारी प्रतियाेगितमा नेपालले अहिलेसम्म चारमध्ये तीन खेल खेलिसकेकाे छ। जसमा नेपाल मात्रै एक खेलमा विजयी भएकाे छ। तीन खेलबाट २ अंक बटुलेकाे नेपाल समूह तालिकाकाे चाैंथाे स्थानमा रहेकाे छ।

नेपालले आज (शनिबार) समूह चरणको अन्तिम खेल नेदरल्यान्डससँग खेल्दैछ। याे खेलमा विजयी भए नेपाल सुपर सिक्समा पुग्नेछ।

जित्नै पर्ने दबाब

आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्डसँगको आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ। नेपालले याे खेल जित एउटा नयाँ खुड्किलाेमा पाइला टेक्नेछ। आज नेपालले तेस्राे स्थानमा रहेकाे नेदरल्यान्डलाई हराएमा नेपाल ४ अंक जोडेर सुपर सिक्सको यात्रा कायमै राख्नेछ। उता नेदरल्यान्ड पनि आज नेपालमाथि जितेको खोजीमा छ।

आज नेपाल र नेदरल्यान्डबीचको खेल फाइनल सरह नै हुनेछ। नेपालले आज नेदरल्यान्डलाई हराए मात्र सुपर सिक्समा पुग्दैन, सोमबार नेदरल्यान्ड वेस्ट इन्डिजसँग हारेमा नेपालले आफ्नाे स्थान सुपर सिक्समा सुरक्षित गर्नेछ। तर, यदि नेदरल्यान्डले वेस्ट इन्डिजलाई हराएमा नेपाल र नेदरल्यान्डसको समान ४-४ अंक हुनेछ, जसले गर्दा नेपालको सुपर सिक्सको स्थान धरापमा पर्छ। यस खण्डमा खेललाई नेट रनरेट प्रणालीमा लागिन्छ, जहाँ नेपालको भन्दा नेदरल्यान्डसको नेट रनेट राम्रो छ।

समूह ‘ए’मै रहेका जिम्बाब्वे र वेस्ट इन्डिज दुबै खेल जितेर सुपर सिक्स नजिक पुगेका छन्। अब समूहको अर्का सुपर सिक्समा पुग्नका लागि नेपाल र नेदरल्यान्डले संर्घष गर्नु पर्ने हुन्छ।

नेपालले ओडिआई मान्यता प्राप्त गरेपछि नेपाल र नेदरल्यान्डस दुई पटक आमनेसामने भएका छन्, जसमा नेपालले एक खेल जितेकाे छ भने अर्काे खेलमा हारेकाे छ।

प्रकाशित मिति: : 2023-06-24 10:38:00

प्रतिकृया दिनुहोस्