सरकारले राम्राे काम गरेकाे देखेर केही व्यक्तिहरु अत्तालिएर विक्षिप्त हुन थाले– प्रधानमन्त्री प्रचण्ड

BreaknLinks
BreaknLinks

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरि व्यक्तिहरू विक्षिप्त भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरे।

नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी सङ्गठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गरे।

प्रधानमन्त्रीले भने, ‘पछिल्लो समय सरकारले गरेका कामबाट एकथरि व्यक्ति विक्षिप्त भएका छन्। उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्।  त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ।’ प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरे।

प्रकाशित मिति: : 2023-08-27 15:13:00

प्रतिकृया दिनुहोस्