रोल्पामा ‘घण्टी’: संगठन विस्तारमा तीव्रता दिँदै रास्वपा, चुनिए पालिका संयाेजक र सहसंयाेजक

माओवादी उद्गम स्थल रोल्पामा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाले संगठन विस्तारलाई तीव्रता दिएको छ।

शनिबार पूर्वी रोल्पाको सुलिचौरमा सम्पन्न जिल्ला समितिको बैठकले जिल्लाका पालिकाहरूमा संयोजक र सहसंयोजक चयन गरेको छ।

रास्वपाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीका अनुसार बैठकले लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर संयोजक र सागरकुमार थापा सहसंयोजक बनेका छन्।

यस्तै त्रिवेणी गाउँपालिकामा रमेश थापा क्षेत्री संयोजक र भुपेन्द्र सिं वली सहसंयोजक चयन भएका छन् भने सुनछहरी गापामा बालाराम डाँगीले संयोजककाे जिम्मेवारी पाएका छन्।

गंगादेव गाउँपालिका भुवन केसी संयोजक र चन्द्र वली सहसंयोजक, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी संयोजक बनेका छन्। त्यसैगरी सुनिलस्मृति गाउँपालिकामा विक्रम घर्तीमगर संयोजक र कर्णजङ केसी सहसंयोजक भएका छन् भने थबाङ गाउँपालिकामा अमृत डाँगी संयोजक र मनोजकुमार बुढालाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

त्यस्तै माडी गाउँपालिकामा कमल खडका संयोजक र मनप्रकाश केसी सहसंयोजक, परिवर्तन गाउँपालिकामा गणबहादुर केसी संयोजक र श्यामकुमार विक सहसंयोजक चयन भएका छन्।

त्यसैगरी रोल्पा नगरपालिकामा रमेश थापा क्षेत्री संयोजक र एचवि घर्तीमगरलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

निर्वाचन क्षेत्र समितिको कार्य विभाजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला निर्वाचन समितिका पदाधिकारीहरूको कार्य विभाजनसमेत गरेको छ।

समितिको सभापतिमा रमेश थापा क्षेत्री, उपसभापतिमा भुपेन्द्र सिं वली र सचिवमा बालाराम डाँगी रहेका छन्। त्यस्तै, सदस्यहरूमा एचवि घर्तीमगर र मुना डाँगी रहेका छन्।

जिल्ला अनुशासन आयोग गठन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला अनुशासन आयोग पनि गठन गरेको छ।

बालाराम डाँगीको संयोजकत्वम तीन सदस्यीय आयोग गठन गरिएको हो। आयोगका सदस्यमा मुना डाँगी र क्षितिज पुन रहेका छन्। बैठकले जिल्लाका विभिन्न वडामा वडा समिति गठनका लागि पहल गर्ने निर्णय गरेको छ।

वडावडामा रास्वपा अभियानअन्तर्गत भदौ १७ गते वडा भेला गर्ने, भदौ ३१ गते अभिलेखीकरण प्रमाणित गर्ने, असोज १ देखि २० गतेसम्म उमेदवारी आह्वान गर्ने, असोज २१ देखि कार्तिक ९ गतेसम्म उमेदवारहरुको नामावली प्रकाशन गर्ने, कार्तिक १० देखि १५ गतेसम्म निर्वाचनअन्तर्गत मतदान गर्ने र कार्तिक १८ गते निर्वाचन परिणाम घोषणा गर्ने केन्द्रीय कार्य तालिका रहेको छ।

जिल्लामा पार्टीको गतिविधिलाई तीव्रता दिने जिल्ला संयोजक रमेश थापा क्षेत्रीले बताएका छन्। थापाले भने, ‘रोल्पामा पनि रास्वपाको सांगठनिक गतिविधिलाई तीव्रता दिन लागि परेका छौँ। पछिल्लो समय जिल्लामा रास्वपाको सदस्यता लिने क्रम बढेर गएको छ।’

विगतमा माओवादीको आधार इलाकाको रुपमा चिनिएको रोल्पालाई अब रास्वपाको गढको रुपमा चिनाउनुपर्ने समय आएको रास्वपाका जिल्ला सचिव बालाराम डाँगीले बताएका छन्। डाँगीले भने, ‘विगतमा रोल्पा माओवादीको उद्गमस्थल, आधार इलाकाको रुपमा चिनिन्थ्यो। अब हामी रोल्पालाई रास्वपाको गढको रुपमा चिनाउन चाहान्छौँ।’

प्रकाशित मिति: : 2023-08-26 15:28:00

प्रतिकृया दिनुहोस्

    निकै खुशी लाग्यो अब जनताको अवस्था फेर्न लाई भए पनि पुर्खा देखी को आफ्नो मत फेर्ने बेला आइसकेको छ जय घण्टी जय देश

    • एक बर्ष अगाडि
    • सागर थापा