
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
दिपु सुवेदी
कुनै समय ‘राता मान्छे’का रुपमा परिचित रुकुमका मान्छेहरूसँग यतिबेला ‘काला कथा’हरू मात्र बाँकी छन्। रुकुम भन्ने बित्तिकै आम मानसपटलमा माओवादी सशस्त्र द्वन्द्वको याद आउँछ। विगतको १० वर्षे युद्ध अनि त्यसपछिको परिवर्तनसँगै धेरैले रुकुमलाई सम्झना गर्छन्। रुकुममा सयौँले ज्यान गुमाए भने दर्जनाैँ वेपत्ताकाे सूचीमा छन्। तर करिब एक दशकको द्वन्द्व सकेर जनताकै हातबाट लेखिएको भनिएको संविधानमा उल्लेख गरिएको मौलिक हकबाट भने रुकुमेली जनता बन्चित छन्।
रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाकी ४६ वर्षीया एक महिला लामो समयदेखि पाठेघर खस्ने समस्याबाट ग्रसित थिइन्। आर्थिक अभाबमा अलि पर सदरमुकाममा रहेको जिल्ला अस्पतालसम्म पुग्न नसक्ने उनले करिब आधा दशक नारकीय जीवन बिताइन्।
गाउँपालिका र एक गैरसरकारी संस्थाको सहयोगमा संचालित निशुल्क स्वास्थ्य शिविरमा डाक्टरले ‘झरेको पाठेघर अड्याउने रिङ’ राखिदिएपछि सजिलो भएको छ। असजिलो हुँदाहुँदै पनि नियमित दैनिकी गर्न बाध्य उनलाई डाक्टरले बेलामाैकामा रिङ फेर्नुपर्छ भनेका छन्।
‘प्लास्टीकको चुरी राखिदिएका छन्। यो बेलाबेलामा फेर्नुपर्छ रे। कसले फेरिदिन्छ भन्ने थाहा छैन,’ उनले थपिन्, ‘अर्को वर्ष शिविर आयो भने फेर्ने त होला।’
उपचारका लागि जिल्ला अस्पतालसम्म पुग्नपनि कठिन छ। १४ वर्षको उमेरमा बिहे गरेकी उनले ६ वर्षमा लगातार ४ छोरी जन्माइन्। छोरी मात्र जन्मेपछि उनी परिवारको तिरस्कारमा पनि परिन्। सानो उमेरमा बच्चा जन्माएपछि परिवारको अवहेलनासँगै शारिरीक र मानसिक रुपमा पनि अस्वस्थ बन्न थालिन्।
शिविरमा आएकी अर्की एक महिलाले भनिन्, ‘पाठेघर झर्न थालेको मस्तै वर्ष भयो। औषधि गर्न जानलाई पैसो हुँदैन। छोरी मात्र जन्मेपछि परिवारले पनि हेला गर्न थाले। डाक्टरले पाठेघर अड्याउन चुरी जस्तो रबर राखिदिनु भएको छ। सजिलो होला।’
सोही ठाउँकी अर्की महिलाले पनि पाठेघर झरेर सताउन थालेको धेरै वर्ष भएकाे गुनासाे सुनाइन्। आर्थिक समस्याका कारण जिल्ला अस्पताल पनि उनी पुग्न सकिनन्। बाहिर पाठेघर निस्कन थालेपछि उनको लागि दैनिकी नारकीय बन्न थाल्यो। पाठेघर खसेको समस्या श्रीमानलाई समेत सुनाउन लाज मानेका कारण लामो समयसम्म उनी पीडा दबाउन बाध्य भइन्।
‘झरेको पाठघरमा घाउसमेत देखिन थालेपछि बाँच्न भन्दा मर्न मन लागेको थियो’ उनलाई। ‘दोस्रो बच्चा जन्मिएदेखि पाठेघर झर्न थालेको बताउँछिन् उनी। त्यहीँ पनि श्रीमानले अरु तीन बच्चा जन्माउन बाध्य बनाए।’
‘दुःखै पाएर जीवन सकिने भो। मर्ने बेलामा शिविरमा आएका नर्सले रबरको चुरी राखिदिए पछि अब सजिलो होला। रबरको चुरी हालेको छु,’ उनले भनिन्।
गतिलो उपचारको अभावमा लामो समयदेखि पाठेघरको समस्या बोकेर गुजारा चलाइरहेका उनीहरूलाई गाउँमा मंगलबार र बुधबार सञ्चालन भएको महिला शिविरमा स्वास्थ्यकर्मीले पाठेघर अड्याउन रिङ राखिदिएपछि धेरै सजिलो भएको छ।
पाठेघरमा राखिदिएकाे त्यो रिङ खस्यो वा कुनै कारण फेर्नुपर्ने भयो भने अर्को शिविर कुर्न नपरोस् भन्ने उनीहरूको कामना छ।
महिलाहरूमा स्वास्थ समस्या धेरै रहेको रुकुमको बाँफिकोटको मग्मा र पीपलमा २ दिने निशुल्क विशेषज्ञ महिला स्वास्थ शिविर तथा स्वास्थ्य मेला सम्पन्न भएको हो। महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको र बाँफिकोट गाउँपालिकाको सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. सृजना हमालको टोलीले २ दिनमा ३ सय ६१ बिरामीको स्वास्थ्य जाँच–उपचार गर्नुका साथै दर्जन बढी महिलाको पाठेघर अड्याउन रिङ राखिदिएको छ।
शिविरमा बिरामी जाचेकी डा. सृजना हमाल यहाँका महिलाहरूमा सेतोपानी बग्ने र तल्लो पेट दुख्ने, पिसाबको समस्या, पाठेघर खस्ने समस्या अत्याधिक रहेको बताउँछिन्।
‘सानो उमेरमा बिहे गर्ने, धेरै बच्चा जन्माउने र सुत्केरीका समयमा गरुङ्गो भारी बोक्ने गरेका कारण यो समस्या धेरै आएको हो। पाठेघर खस्ने र सेतोपानी बग्ने समस्या बढी छ। यसो हुनुमा सरसफाइको कमीको कारण पनि हुन्छ।
समयमा उपचार नहुनु अर्को समस्या हो’, डा. हमालले भनिनन्, ‘२३–२४ वर्षको उमेरमा ३–४ वटा बच्चा जन्माउने गरेको देखियो। धेरैमा पहिलो चरणको पाठेघर खस्न सुरु भएको छ। अहिलेलाई रिङ राखिएको छ। तीन महिनामा रबरको रिङ फेर्नु पर्छ। तालिम दियो भने हेल्थपोष्टका कर्मचारीले पनि फेर्न सक्छन्।’
रुकुमेली महिलाहरूमा पाठेघर समस्या धेरै रहेको बताउँछिन् उनी।
पाठेघर झरेर जटिल अवस्थामा पुगेका र फिस्टुलाको समस्यामा रहेका महिलाहरूलाई सरकारी निकायसँगको सहकार्यमा सुविधा सम्पन्न अस्पतालमा लगेर अप्रेसन सेवा प्रदान गरिने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्।
उनका अनुसार ३ सय ५० बढी महिलाहरूको जाँच गर्दा ४० प्रतिशत बढी महिलामा कुनै न कुनै प्रकारको समस्या पाठेघरमा रहेको देखिएको छ। ‘हाम्रोमा क्यान्सर पत्ता लगाउँने भीआइए टेस्टको सुबिधा छैन। पाठेघरको सामान्य जाच त स्थानिय तहमा हुन्छ तर खुलेर आउने चलन छैन,’ संयोजक धितालले भनिन्।
गाउँपालिकाका स्वास्थ्य संयोजक लालबहादुर वलीले शिविरमा आएका चिकित्सक र ओरेकसँगको समन्वयमा शल्यक्रिया गर्नुपर्ने महिलाहरूको निशुल्क अप्रेशनका लागि गाउँपालिकाले सहयोग गर्ने बताएका छन्। ‘बालविवाह, धेरै बच्चा जन्माउनु, स्याहार नपाउनु यहाँको मुख्य समस्या हो,’ उनले भने।
गर्भावस्थामा नियमित स्वास्थ्य जाच नगराउनु, पोषिलो खाना र आराम नहुनु। सुत्केरी भएको एकसाता नबित्दै घास–दाउरा जान बाध्य हुनु। अर्थात् गरीबी र सचेतनाको अभावमा दुर्गमका धेरै आमाहरूले सन्तान हुर्काउने पाठेघर झुण्डाएर वर्षौसम्म कस्टकर जीवन गुजारी रहेका छन्।
स्वास्थ्य सचेतना नभएपछि आमाहरू जीवन धिक्कार्दै बाँचिरहेका छन्न्। घरछेउमा आएको भनिएको स्थानीय सरकार पनि प्रदेश र संघजस्तै विरानो भएको आमाहरूकाे ठम्याइ छ। आर्थिक विपन्नताले उपचारसमेत असम्भव भएको बुझेका सरोकारवालाहरू गम्भीर बन्न नसकेको प्रमाण महिलाको पाठेघर पनि बनेको छ।
बिरामी जाच्दै डाक्टर हमाल
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया