बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेलले समानुपातिक निर्वाचन क्षेत्रको बन्दसूचीमा आफूखुसी गरेपछि उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ असन्तुष्ट बनेका छन्।
पोखरेले आफूनिकट र पटक–पटक समानुपातिकबाट सांसद खाइसकेका, यसअघि संविधान सभा सदस्य तथा सांसद भइसकेका कतिपय नेताहरूको नाम प्रस्ताव गरेपछि उपाध्यक्षद्वय रुष्ट बनेका हुन्।
आफूहरूसँग निकट रहेका र संसदीय फाँटमा जिम्मेवारी नपाएका कतिपय नेताहरूलाई छुटाएर पार्टीभित्र आफू बलियो हुनेगरी महासचिवले शक्तिको दुरुपयोग गरेको भन्दै उनीहरूले आफूनिकट नेताहरूसँग गुनासो गरेका छन्।
अध्यक्ष केपी ओलीको आडमा महासचिवले समानुपातिकको दुरुपयोग हुनेगरी इमान्दार नेताहरूलाई पाखा लगाएको भन्दै उनीहरूले स्वयं ओलीलाई भेटेर गुनासो गरेका गुरुङ निकट एक नेताले बताए।
ओलीले भने नियोजित रुपमा नभएर कतिपय व्यक्तिहरूका सन्दर्भमा भुलबस त्यस्तो भएको हुनसक्ने भन्दै ‘अन्तिम सूची मसँगै आउँछ, त्यतिबेलै मिलाउँला’ भनेर आश्वासन दिएको ती नेताले बताए।
महासचिव पौडेलले झापाबाट ७ जनाभन्दा बढी र दाङबाट ५ जनाभन्दा बढीको नाम सिफारिस गरेका छन्।
पौडेल, गुरुङसहित अर्का उपाध्यक्ष गोकर्ण बिष्ट, उपमहासचिव योगेश भट्टराईले आजको सचिवालय बैठकमा मनलाग्दी समानुपातिक सूची बनाउन नहुने, पार्टीभित्र निष्ठापूर्वक योगदान गर्ने नेताहरूलाई छुटाउन नहुने धारणा राखेका थिए।
उपाध्यक्षमा हारेका गुरु बराललाई खुलातर्फ एक नम्बरमा राखेपछि बिष्ट र भट्टराईले अध्यक्षमा पराजित ईश्वर पोखरेललाई पहिलो नम्बरमा राख्न सुझाव दिएका थिए।
सचिवालय बैठकमा कतिपय नेताहरूले पदाधिकारीहरूलाई समानुपातिकमा नभइ प्रत्यक्षमै उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए।
विष्णु पौडेल निकट स्रोतका अनुसार महासिचव पोखरेलले पौडेल निकट र पृथ्वीसुब्बाको गुरुङको जिल्लाबाट एक/दुईजनाको नाम राखिदिएर नैतिक दबाब सिर्जना गर्न खोजेका छन्।
‘पार्टीमा पारदर्शिता छैन, योगदानको कदर पटक्कै भएन। उपाध्यक्षज्यू अहिलेसम्म सहेर बसिरहनु भएको छ। प्रायः नेताहरू असन्तुष्ट हुनुहुन्छ। कतिबेला यो विस्फोट हुन्छ भन्न सकिने अवस्था छैन,’ विष्णु पौडेल निकट लुम्बिनी प्रदेशका एक केन्द्रीय सदस्यले भने।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया