बिएल संवाददाता
उज्यालो नेपाल पार्टीले एकताका लागि रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीको अस्तित्व नै मासेर कसैसँग आत्मसमर्पण नगर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले भने।
बैठकमा पार्टीका संरक्षक कुलमान घिसिङले काठमाडौंका मेयर बालेन साहले आफूलाई गरेको ब्रिफिङ सुनाएका थिए। उनले सभापति, पार्टीको नाम र चुनाव चिह्न, प्रधानमन्त्रीको अफरमध्ये रास्वपाबाट कुनै एक पनि स्वीकार नभएको ब्रिफिङ गरेको स्रोतले बतायो।
उनले रास्वपाले बालेन र कुलमानलाई देखाएर भोट बटुल्ने रणनीति लिएको र पार्टी एकताका लागि रास्वपा तयार नरहेको आशंका व्यक्त गरेका छन्।
उनेपाले एकताका लागि पार्टीले अघि सारेका कुनै एक प्रस्ताव स्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतको दाबी छ। कुलमानले भने रविलाई सभापति स्वीकार गर्न नसकिने भन्दै आफूलाई सभापति स्वीकार्न रास्वपा तयार हुनुपर्ने सर्त तेर्स्याएका छन्।
स्रोतका अनुसार कुलमानले बालेनलाई पनि रास्वपाले धोका दिनसक्ने आशंका व्यक्त गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया