बिएल संवाददाता
सन् २०२५ मा अमेरिकाबाट ४८१ नेपाली देशफिर्ता (डिपोर्टेसन)मा परेका छन् । वर्षको अन्तिम महिना डिसेम्बरमा मात्रै ९८ नेपाली डिपोर्ट गरिएपछि यो संख्याले नयाँ इतिहास बनाएको हो । एकै महिना र एकै वर्ष अमेरिकाबाट नेपाल डिपोर्ट गरिएको यो नै सबैभन्दा ठूलो संख्या हो । यो संख्यालाई औसतमा लैजादा हरेक महिना ४० भन्दा बढी नेपाली डिपोर्ट भएको देखिन्छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेपछि नेपाली लगायतका आप्रवासीहरूलाई डिपोर्ट गर्ने अभियान नै सुरू भएको हो । जनवरी २० मा सपथ ग्रहण गरेलगतै जनवरी महिनामै ६ जना नेपाली डिपोर्ट गरिए । यो क्रम अगाडि बढ्दै सालको अन्तिम महिना डिसेम्बरमा आइपुग्दा एकैपटक ७६ जना नेपाली डिपोर्ट गरिए । यसअघि नोभेम्बर महिनामा ८० नेपाली डिपोर्ट गरिएका थिए। यो संख्या नै एकै महिनामा सबैभन्दा बढी नेपाली डिपोर्ट भएको महिना हो ।
युएससीआईएसले सार्वजनिक गरेको एक तथ्यांक अनुसार जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगष्टमा १६, सेप्टेम्बरमा ५३, अक्टोबर ३५, नोभेम्बर ८० र डिसेम्बरमा ९८ जना नेपाली निस्कासनमा परे ।
निस्कासन हुनेमा अधिकांश तल्लो बाटोबाट आएका नेपाली रहेका छन् । धेरैजसो रूकुम र दाङ जिल्लाबाट आएका उनीहरू कम्तीमा ५० लाखदेखि बढीमा एक करोड २० लाख मानव तस्करलाई बुझाएर महिनौ कष्टसाध्य यात्रा तय गरेर अमेरिका आइपुगेका थिए ।
निस्कासनमा केही स्थायी आवासीय प्रमाणपत्र ग्रीनकार्ड पाइसकेका नेपाली पनि परेका छन् । उनीहरू भने कुनै फौजदारी अभियोगमा मुद्दा चलेर दोषी प्रमाणित भएका छन् । यस क्रममा धेरै मुद्दा नावालिगसँग यौन सम्बन्ध राख्नेसँग सम्बन्धित भएको पाइएको छ ।
विद्यार्थी भिसामा आएर भिसा अद्यावधिक नगरेका र विभिन्न फौजदारी अभियोग लागेकाहरू पनि निस्कासनमा परेका छन् । तर, यस्तो संख्या खासै ठूलो छैन ।
हरेक महिना केही न केही संख्यामा कागजपत्रविहीन नेपालीहरू अमेरिकाबाट निस्कासन हुँदैआएका छन् । १० महिनामा तीनसय हाराहारीको संख्या खासै ठूलो हैन । तर, एक सरकारी तथ्यांकअनुसार अमेरिकामा कागजपत्रविहीन नेपालीको संख्या दुईहजारभन्दा थोरै भएको मान्ने हो भने यो संख्या कम हैन ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको चुनाव आप्रवासीहरू प्रवेश गर्ने दक्षिणी सिमा बन्द गर्ने र अमेरिकामा रहेका सबै कागजपत्रविहीनलाई देश निकाला गर्ने एजेण्डा लिएरै लडेका थिए । उनी त्यही चुनावी एजेण्डाकै रोडम्यापमा अगाडि बढिरहेका छन् । तर, उनले जुन संख्यामा देश निकाला गर्ने घोषणा गरेका थिए, त्यसमा भने उनलाई सफलता मिलिरहेको छैन ।
पछिल्लो समय तल्लो बाटोबाट आउनेहरूको संख्या उल्लेखनीय मात्रामा घटेको छ । यो संख्या औसतमा ९० प्रतिशत नै घटेको तथ्यांक बाहिर आएको छ । ट्रम्पले पस्नै दिदैनन् पसे पनि समाएर फर्काउँछन् भन्ने किसिमको भाष्ष बनेकाले यतिबेला तल्लोबाटोबाट खासै मानिसहरू आइरहेका छैनन् ।
तल्लो बाटोबाट आउने नेपालीहरूको संख्या पनि उल्लेख्य मात्रामा घटेको छ । दक्षिणी सिमामा कडाइ गरिएको र पसेकालाई पनि फर्काई छोड्ने ट्रम्प नीतिका कारण यो संख्या घटेको हो । यस्तो प्रतिकूल अवस्थामा पनि केही जब्बर नेपालीहरू मानव तस्करको माखेसांग्लोमा परेर तल्लो बाटोबाट आउने दुस्साहस गरिरहेकै छन् । उनीहरूको यही दुस्साहसका कारण पनि केही महिनायता समातिने र फर्काइने नेपालीको संख्या पनि ह्वात्तै बढेको छ ।
अमेरिकाबाट २०२५ कति नेपाली निस्कासन भए ?
जनवरी ६
फेब्रुअरी १८
मार्च ३२
अप्रिल २६
मे ५८
जुन ४२
जुलाई १७
अगष्ट १६
सेप्टेम्बर ५३
अक्टोबर ३५
नोभेम्बर ८०
डिसेम्बर ९८
जम्मा ४८१
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया