सुन तस्करी प्रकरण: दावासँग सम्पर्कमा रहेका अधिकारीलाई अध्यागमनको महानिर्देशकबाट हटाइयो

File Photo
File Photo

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएकाे छ।

सुन तस्करी प्रकरणमा मुछिएका दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि महानिर्देशक अधिकारीलाई बिहीबार विभागबाट हटाएर गृह मन्त्रालयमा तानेको हाे।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिँदै गर्दा ६० किलाे सुन सिनामंगलबाट बरामद गरेको थियो।

उक्त सुन तस्करी प्रकरणमा मुख्य योजनाकारमध्ये एक रहेका दावा छिरिङ पक्राउ परेका थिए। दावासँग अधिकारीकाे कनेक्सन रहेको पाइएपछि अध्यागमन विभागकाे महानिर्देशकबाट हटाएर मन्त्रालय तानेको स्रोतले जनाएको छ।

स्राेतका अनुसार अधिकारीमाथि आवश्यक अनुसन्धान थालिएकाे छ। 

प्रकाशित मिति: : 2023-08-24 14:09:00

प्रतिकृया दिनुहोस्