राष्ट्रपतिले डाके सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने

राष्ट्रपति रामचन्द्र पौडेले समसामयीक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज (मंगलबार) बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको हो।

बैठकमा अवरोधका विषयमा भएका र प्रयासहरुबारे छलफल हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

सुन तस्करीको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन १० गतेदेखि निरन्तर संसद अवरोध गर्दै आइरहेको छ। निरन्तर संसर अवरोध भइरहेको विषयलाई राष्ट्रपति पौडेलले चासो राख्दै आइरहेका थिए। फलत: उनले आज सर्वदलीय बैठक बोलाएका छन्।

निरन्तर संसद अवरोध हुँदा महत्वपूर्ण काम कारबाहीहरु अड्किएको भन्दै सबैतिरबाट चिन्ता व्यक्त हुँदै आइरहेको छ।

यसैगरी सोमबार रातिसम्म बसेको बैठकमार्फत् दलहरु सुन कान्डको अनुसन्धानको लागि उच्चस्तरिय छानबिन समिति बनाउने सहमति गरेका छन्। त्यसको लागि आज कार्यविधि तयार गरिँदैछ।

यो सहमतिसँगै आज बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध हट्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: : 2023-08-22 07:25:00

प्रतिकृया दिनुहोस्