प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। 

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त बैठक सुरु भएको हो। 

नेकपा एमालेले साउन १० देखि लगातार गरेको अवरोधले संसद चल्न पाएको छैन। सोही कारण प्रधानमन्त्रीले संसदको गतिरोध अन्त्यका लागि बैठक बोलाएको बताइएको छ।

बैठकमा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतको उपस्थिति रहेको छ।
 

प्रकाशित मिति: : 2023-08-21 20:44:00

प्रतिकृया दिनुहोस्