समाजवादी मोर्चाको बैठक जारी

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी छ।

एकीकृत समाजवादीको केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा विहान ८ बजेटबाट बैठक सुरु भएको माेर्चाका नेताहरूले जनाएका छन्।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'सहितका नेताहरू सहभागी छन्।

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2023-08-21 08:41:00

प्रतिकृया दिनुहोस्