प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा सुरू भएकाे छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।

त्यसैगरी एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन्।

त्यस्तै रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार, राप्रपाका राजेन्द्र लिङदेन र जनतमतकी अनितादेवी बैठकमा उपस्थित छन्।

बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएकाे छ।

संसदकाे अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आएका छन्।

गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) कारण अवरोध हुँदै आएको छ। सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो। सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ।

सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2023-08-20 13:33:00

प्रतिकृया दिनुहोस्