प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक, संसद खुलाउनबारे छलफल हुने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साढे अहिले केहीबेरमा बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलहरूकाे बैठक बोलाएका हुन्।

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएकाे बताइएकाे छ। संसदकाे अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आएका छन्।

आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) कारण अवरोध हुँदै आएको छ। सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो। सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ।

सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2023-08-20 12:14:00

प्रतिकृया दिनुहोस्