९ केजी सुन प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महराले सरकारलाई अनुसन्धान लागि सघाउन तयार भएको बताएका छन्।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले आफू कतै नभागेको र सरकारलाई सघाउन तयार रहेको बताएका हुन्।
तर आफूलाई अनुसन्धानका लागि कसैले नबोलएको महराको भनाइ छ। ‘सुन प्रकरणबारे सरकारलाई छानबिनका लागि सघाउन तयार छु,’ महराले भने, ‘अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन्।’
उनले सुन प्रकरणमा विनाकारण आफूलाई मुछिएको भन्दै सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताए।