‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित भनिएकी गौशाला २६ले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी छन्।
उनले सरकारी वकिल कार्यालय पाटन तथा महान्यायाधिवक्तालाई निवेदन लेख्दै ‘उच्च अदालतको फैसलाविरुद्ध’काे मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गरेकी हुन्।
‘क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अब सर्वोच्च अदालतमा मुद्दा नचलाउनु, ममाथि बलात्कार भएको होइन,’ उनले भनेकी छिन्।
गौशाला २६ले राजधानी काठमाडाैँमा क्रियाशिल कतिपय संघ–संस्थाको दबाबमा सन्दीपविरुद्ध जाहेरी दिएको पनि निवेदनमा खुलाएकी छिन्।
क्रिकेटर लामिछानेविरुद्ध २०७९ साल भदौ २१ गते नाबालिग बलात्कार गरेको उजुरी परेपछि उनलाई २०७९ साल असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
जिल्ला अदालत काठमाडाैँले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो। जिल्ला अदालतकाे आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उच्च अदालतले पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया