मोटरसाइकलको ‘ब्रेक शु’मा राखेर तस्करी गर्दै गर्दा सिनामंगलबाट बरामद गरिएको सुनको परिणाम ६० केजी ७७९ ग्राम भएको पाइएको छ।
बरामद ‘ब्रेक शु’भित्रको सुन निकाल्दा परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।
साेमबार राष्ट्र बैंककाे टक्सार विभागले बरामद गरिएकाे माेटरसाइकलकाे ‘ब्रेक शु’बाट सुन निकालेकाे थियाे। ब्रेक शुबाट निकाल्दा सुनकाे परिणाम ६० केजी ७७९ ग्राम रहेकाे पाइएकाे छ। यद्यपि, याे औपचारिक परिणाम भने हाेइन्।
विभागले भाेलि (मंगलबार) बिहान १० बजे उक्त सुन गाल्ने र औपचारिक परिणाम सार्वजनिक गर्ने बताएकाे छ।