बङ्गलादेशमा अगष्टमा आएको बाढीमा परी ५५ जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार बताएका छन्।

बाढी पहिरोका कारण अगष्ट १ पछि अहिलेसम्म कक्स बजारमा २१ जना, चटगाउँमा १९ जना, बन्दरबनमा १० जना र रङ्गमतीमा पाँच जनाको मृत्यु भएको चार जिल्लाका प्रशासकहरूले बताएका छन्।

बङ्गलादेशको मौसम विभागका प्रमुख अजिजुर रहमानले एएफपीसँग भने, 'यो बर्ष पछिल्ला केही वर्षहरूमाभन्दा भारी वर्षा भएको छ।'

उनका अनुसार अगस्ट ७ मा मात्रै ३१२ मिलिमिटर (१२ इन्च) वर्षा भएको थियो।

अधिकारीहरूका अनुसार यस क्षेत्रमा अगस्ट ११ सम्म भारी वर्षापछि विशाल बाढी आएको थियो जसका कारण नदीहरू धार परिवर्तन गरी र वस्तीमा प्रवेश गरेका र यसबाट देशभर सयौं गाउँहरू डुबानमा परेका थिए। बाढीको पानी घट्न थालेपछि कति जनाको मृत्यु भयो भन्ने यकिन गर्न मात्र सम्भव थियो।

ग्रीष्मकालीन मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको लगभग ८० प्रतिशत पानी पार्दछ। बर्षासँगै आउने बाढी र पहिरोका कारण मृत्यु र विनाश निम्त्याउँछ।

बङ्गलादेशमा वर्षाको पूर्वानुमान निकै कठिन मानिन्छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मनसुनलाई बलियो र अनियमित बनाइरहेको छ। 

वन फँडानी र पहाडहरूमा भएका निर्माणजन्य गतिविधिले बाढी र डुवानको प्रभाव अझ खराब बन्ने गरेको छ। 
 

प्रकाशित मिति: : 2023-08-13 21:58:00

प्रतिकृया दिनुहोस्