सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएकाे छ।

शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश दन्डपाणी शर्माको इजलासले सांसद शर्मालाई थुनामा राख्न नपर्ने आदेश दिएको हो।

अदालतले उनलाई थुनामा नराखिकन अनुसन्धान गर्न आदेश गरेकाे छ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार काठमाडौँबाट पक्राउ गरिएकाे थियाे।

प्रकाशित मिति: : 2023-08-11 18:13:00

प्रतिकृया दिनुहोस्