क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन्।
उनलाई अध्यागमन कार्यालयले शुक्रबार दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे हाे।
दिल्ली हुँदै नेपाल आएका अडुकियालाई अध्यागमनले पक्राउ गरेर राजश्व अनुसन्धान विभागमा बुझाएको छ।
क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो। उक्त प्रकरणमा नाम जोडिएपछि राकेश फरार थिए।