प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेकाे छ।
शुक्रबार बसेको बैठकमा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि आसनबाट उठेर विरोध जनाएका छन्।
बैठकको सुरुमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए। तर बैठक कार्यसूचीमा प्रवेश गर्नेबेला भने नेकपा एमालेले उठेर बैठक अवरोध गरेपछि सत्तापक्षका सांसदहरुले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै विरोध जनाए।
प्रतिपक्ष र सत्तापक्षका सांसद आसनबाट उभिराखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा भएका सबै विषय हटाएर राष्ट्रियसभाको बैठक स्थगित गरेका छन्। अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।