‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको स्किल्स एण्ड थ्रिल्सको कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका भएकाे छ।
बुधबार बालुवाटारस्थित अटो फोकस परिसरमा गरिएको कार्यक्रम सबैका लागि खुला राखिएको थियो। कार्यक्रममा विशेष र रोमाञ्चक स्किल, थ्रिल्स र चिलका क्रियाकलापसहित युवा-युवती र विदेशी कुटनीतिक नियोगबाट समेत उत्साहजनक उपस्थित रहेको थियो।
कार्यक्रम निकै रमाइलो र उत्साहजन भएको स्किल्स एण्ड थ्रिल्सका सदस्य निश्मा श्रेष्ठले बताइन्। ‘यो हाम्रो पहिलो कार्यक्रम हो, आर्को साल झन भव्यता साथ तयारी गर्ने छौँ,’ उनले भनिन्।
महिलाको उपलब्धीलाई मनाउने र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कार्यक्रममा ओपन ट्र्याक स्ट्यान्ड च्यालेन्ज र महिला टर्टल दौडजस्ता साइक्लिङ खेलको प्रतियोगिता भएको थियो। विशेषगरी महिलाहरूलाई साइकल चलाउने आफ्नो जोशलाई पछ्याउन र स्वस्थ जीवनशैलीको नेतृत्व गर्न प्रोत्साहित गर्न डिजाइन गरिएको कार्यक्रममा सयौंको संख्यामा युवाहरुको सहभागी रहेको थियो।
कार्यक्रममा सहासिक क्षेत्रमा सफलता हासिल गरेका उषा खनाल, मिङ्मा याङ्जी शेर्पा, मेनुका गुरुङ र पञ्चमाया तामाङले प्रेरणादायी कथाहरू प्रस्तुत गरेका थिए। उनीहरुले कसरी पितृसतात्मक समाजमा विभिन्न चुनौति झेल्दै, अवरोध तोडेर आ-आफ्नो क्षेत्रमा अगाडि बढेका आ-आफ्ना रोचक र संघर्षशील कथाहरु बताएका थिए।
सोमिया बराइली, केटीए हारु र डीजे दानको प्रत्यक्ष संगीत प्रस्तुतिले कार्यक्रमको थप रौनक र जीवन्तता थपेको थियो। उपस्थित श्रोताहरूले संगीतको तालमा नाचगानसहित र भरपुर आनन्द लिएका थिए।
स्किल्स एण्ड थ्रिल्सको आयोजनामा गरिएको कार्यक्रमको मुख्य प्रायोजक वड्वाईजरले गरेकाे थियो भने लक्ष्मी साइकल सेन्टर, लामा, भोन काठमाडाैँ, म्याप हाउस र कर्मा कफीलगायतको सहयोग रहेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया