संसदको अवरोध हटाउन शीर्ष नेताहरू फेरि छलफलमा

File Photo
File Photo

प्रतिनिधिसभाको गतिरोध हटाउन शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल जारी छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित छन्।

संसद खुलाउन यसअघि सोमबार र मंगलबार पनि तीन दलबीच छलफल भएपनि अवरोध  हटेकाे छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहिरिएको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण सदनको नियमित कामकारबाही हुन पाएको छैन।

प्रकाशित मिति: : 2023-08-09 11:52:00

प्रतिकृया दिनुहोस्