शान्ति मिसनको प्रश्नपत्र लिक प्रकरण:

डिएसपीलाई प्रश्नपत्र आफूले दिएकाे हवल्दारकाे बयान

File photo
File photo

संयुक्त राष्ट्रसंघको शान्ति मिसन (यूएन मिसन)का लागि प्रहरी प्रधान कार्यालयले लिएको  ‘प्रि–स्याट'को प्रश्नपत्र लिक’ बारे नयाँ रहस्य खुलेकाे छ।

घटना छानबिन गर्न गठित डिआईजी वसन्त लामा नेतृत्वको समितिले बयानका क्रममा हवल्दार कुमार शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन्।

८ वर्ष प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले समितिसँगको बयानमा प्रश्नप्रत्र दिएका बयान दिएकाे प्रहरी प्रधान कार्यालयले बताएकाे छ।  

समितिले युएन शाखामा कार्यरत डिएसपी बासु पाठक सहित दर्जन प्रहरी अधिकारीहरूसँग बयान लिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताएका छन्।

हवल्दार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयाेगी सुरेश बमलाई समितिले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ। 

युएन शाखाका एसपी अनुपम शमशेर जबराको घर्रामा प्रश्नपत्र राखिएको थियो। सो घर्राको साँचाे बमसँग पनि थियो। बमले साउन १३ गते एसपी जबरा घर हिँडेपछि साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेको छानबिनबाट खुलेको छ। 

शाह र बमलेबीच आर्थिक लेनदेन रहेकाे थियाे। हवल्दार शाहसँग ऋण लिइएकाे र साेही चुक्ता गर्नकाे लागि प्रश्नपत्र लिक गरेकाे बमले समितिलाई बताएका छन्। 

प्रहरी प्रधान कार्यालयले साउन १५ र १६ गते शान्ति मिसन (यूएन मिसन)का लागि परीक्षा सञ्चालन गरेेकाे गर्न लाग्दा त्यसकाे राति नै प्रश्नपत्र बाहिरिएकाे थियाे। 

प्रकाशित मिति: : 2021-08-05 20:48:00

प्रतिकृया दिनुहोस्