नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ काण्ड आउनेबित्तिकै शीर्ष तीन नेताहरू बसेर छलफल गर्ने गरेकाे भन्दै आशंका व्यक्त गरेका छन्।
नेपाल प्रेस युनियनले बिहीबार बिहान काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले नयाँ काण्ड आउनेबित्तिकै तीन नेताहरु बैठक बसिहाल्नु अर्थ के हो भन्ने उनले प्रश्न गरेका छन्।
‘कुनै इशु आउँछ, घटना हुन्छ, अलिकति अगाडि बढ्दै जान्छ, अनि शीर्ष तीन जना नेताहरू एक ठाउँमा बसिहाल्छन्, बसेर छलफल गर्छन्। के छलफल गर्छन्, थाहा छैन मलाई। हिजा-अस्ति पनि छलफल भएकाे छ क्या रे ! तपाईंहरू मार्क गर्नुस्’, उनले भने।
यस्ता कुराहरूले राम्राे नदिने भन्दै उनले प्रश्न नगरेका छन्, ‘यसले के सन्देश दिइरहेको छ? के भइरहेको छ? यसले देशलाई कहाँ पुर्याउँछ? त्यसैले हामीले भ्ररष्टाचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ।’
नेता कोइरालाले क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराई अनुसन्धान गर्नु आशंका उब्जिएको बताएका छन्।