माओवादीको केन्द्रीय समिति बैठक सुरू (तस्बिरहरू)

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु भएको छ।

बिहान ११ बजे तय भएकाे बैठक २ घण्टा ढिलागरी केहीबेरअघि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू भएकाे हाे।

आजदेखि सुरू भएकाे बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ। बैठक पाँच दिनसम्म चल्नेछ।

प्रकाशित मिति: : 2023-08-02 13:05:00

प्रतिकृया दिनुहोस्