माओवादीको केन्द्रीय समिति बैठक सर्‍याे

सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सारिएकाे छ।

बिहान ११ बजे बस्नेगरी तय भएकाे बैठक कारणवस १ बजेका लागि सारिएकाे हाे। बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्नेछ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम छ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ।

बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य  र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए। 

प्रकाशित मिति: : 2023-08-02 11:15:00

प्रतिकृया दिनुहोस्