माओवादीले पनि केन्द्रीय समितिकाे बैठक लाइभ गर्ने

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समितिकाे बैठक लाइभ गर्ने भएकाे छ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए।

माओवादी केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि सुरु हुँदेछ। सचिव शर्माकाे अनुसार बैठकमा पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल हुनेछ।

नेपाली कांग्रेसले पनि यसअघि साउन २ देखि १० सम्म चलेको केन्द्रीय कार्यसमितिको बैठक पनि लाइभ गरेकाे थियो ।

प्रकाशित मिति: : 2023-07-31 11:38:00

प्रतिकृया दिनुहोस्