काठमाडौंको माइतीघरको कोलाहल दिनप्रतिदिन बढ्दै छ। न्याय नपाए गोर्खा जानु भने झै अहिले न्याय नपाएकाहरु माइतीघरमा जम्मा भएका छन्।
एक दुई दिनका लागि होइन, महिनौ दिनदेखि दिनरात माइतीघरमै धर्नामा छन्। ती सहकारी पीडित होउन वा आरती शाहको परिवार। समुहिक आन्दोलन गर्ने होस् वा एकल आन्दोलनका लागि काठमाडौं आएका हुन्। सबै माइतीघरमा छन्।
जसले माइतीघर कोलाहलले गञ्जागोल छ। पिउने पानी छैन। सौच गर्न शौचालय छैन। यी विभित समस्याले गर्दा आफ्नै पीडामा रहेकाहरु थप पीडित बनिरहेको अवस्था छ।
‘न्याय माग्नेहरु’ भीडभाडले माइतीघर अस्तव्यस्त बनिरहेको छ।
हेर्नुहोस माइतीघरको अस्तब्यस्तको अवस्थाः