व्यापारी दीपक मलहोत्राले आफ्नोबारे गलत समाचार छाप्ने सञ्चारमाध्यमले माफी नमागेमा कानुनी बाटोमा जाने चेतावनी दिएका छन्।
बुधबार साँझ बरामद भएकाे झण्डै सय केजी सुनमा मलहोत्राकाे नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर यस्ताे बताएका हुन्।
उनको संलग्नताको विषय केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको खण्डन गर्दै मलहोत्राले आफ्नो संलग्नता नरहेको बताएका छन्।
राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो।