त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालयबाट भित्रिएको झण्डै एक सय किलो सुनबारे छानबिन गर्न समिति गठन भएकाे छ।
बिहीबार भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएकाे हाे।
भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो। उक्त सुन हङकङबाट ल्याइएको खुलेको छ। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।