कांग्रेस केन्द्रीय समिति बैठक : आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय सिमिति बैठक आज पनि बस्दैछ। हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन्।

मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा दस एजेन्डा प्रस्तुत गरेका थिए। उक्त एजेन्डामाथि आजदेखि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नेछन्।

कांग्रेसमा १६८ जना केन्द्रीय सदस्य हुनुपर्नेमा हाल १५८ जना छन्।

महामन्त्री शर्माले प्रस्तुत गरेको एजेन्डामाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई  कम्तिमा पाँच मिनेटको समय दिइनेछ।

प्रकाशित मिति: : 2023-07-19 08:55:00

प्रतिकृया दिनुहोस्