पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको देउवाकाे दाबी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन्।

तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे। 

पूर्वप्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ।’

प्रकाशित मिति: : 2023-07-15 19:37:00

प्रतिकृया दिनुहोस्